म त एउटा गरिबको छोरो पसिना किन शत्रु बन्नथ्यो र
जति गर्नु तिनिहरुले गरे मेरो स्वाभिमानलाई दरिद्री ठानेर
आखिर खास्टो मलाई ओडाए पनि खोटीलो भने उनिहरु नै रहेछन्
नत्र, लुटेर बनाएको महलमा माति मेरो झुपडीमा किन बास माग्थेर |
गजब त हुने नै भयो नि गरिबको रोटीलाई पनि चमचले खाइदिदां
तर म खुसी थिए ऐसैपनि भोक त मेरो सधैंझै हितैसी मित्रं थियो
तैपनि त्यही रोटीको चोटको न्यूउँमा विदेशी शैन्य्यामा सुतेको देख्दा
अबत लाग्छ मेरो पसिनाको उपजलाई पनि ज्ञात भएछ आफ्नो मुल्य |
यसैनि मेरो गांस-वास खोस्ने शासकहरु स्वयंम् सजायँ पाउदा
जे भएपनि दुखी हुनुपर्ने तिनै मेरो खुसीका लूटेराहरु नै हुन्
मत यसैपनि काठियको मान्छे वैशाखे गर्मीले के सुकाउँथियो र
बरु नौतारे महलको छतमुनि हम्किनु पर्ने उनिहरु नै हुन् |
विचरा यो माटोलाई पनि के दोष खै निर्जिव नै हैन र
यहाँ त म माथि निहित पर-जिवितहरु रैथाने भैदिए पछि
मत यसैपनि रुखिएको छाला हु के रस बाँकी छ र
बरु मेरो हड्डीको पनि भागको लागि सुर्ताउनु पर्ने तिनै हुन् |
अन्तत: जन्म, जननी र जमिन वरदान मैले पाएपछि
पसिनाको लुटमा पल्केर हुतिहाराहुरुले के पो नाप्छन् र
मेरो पिठोले पनि कालोमुसो बनेर लात दिएपछि
धनि त आफै रहेछु नि पौरखको आदिप्रतिको कामना पाएपछि |
¬ RC ( धेरै भएको थियो नलेखको पनि:-)
No comments:
Post a Comment